दुई गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो टोटेनहम

डिसी नेपाल
२ असोज २०७६ ८:०२

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा इन्ग्लिश क्लब टोटेनहमले बराबरी खेलेको छ ।

बुधबार राति भएको खेलमा टोटेनहमले ग्रिसको क्लब ओलम्पिकाससँग २–२ गोलको बराबरी खेलेको हो । ओलम्पिकासको घरेलु मैदानमा २ गोलको अग्रता जोगाउन नसक्दा टोटेनहम बराबरीमा रोकिएको हो ।

खेलको २६ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए । खेलको ३० औं मिनेटमा लुकास मौराले गोल गरेपछि टोटेनहम २–० ले अघि रह्यो ।

तर, खेलको ४४ औं मिनेटमा डानिल पोडेन्सले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । त्यसपछि खेलको ५४ औं मिनेटमा माथियु भल्ब्युनाले पेनाल्टीमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।

यो बराबरीसँगै समूह बी को टोटेनहमले पहिलो खेलमा १ अंक जोडेको छ । ओलम्पिकासको पनि १ अंक छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *