कारबाट मेड इन अमेरिका लेखिएको पेस्तोल बरामद

डिसी नेपाल
१ फागुन २०८२ १७:३५
2.1k
Shares

काठमाडौं । प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले नागढुङ्गा चेक पोइन्टमा ३० वर्षका केयुर पुरीलाई पेस्तोलसहित पक्राउ गरेको छ।

चितवनबाट बा१९च ६९० नम्बरको कारमा आएका उनलाई प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनको साथमा पेस्तोल फेला परेको प्रहरीले जानकारी दिएको छ।

उनी कीर्तिपुर नगरपालिका बासिन्दा हुन्। प्रहरीका अनुसार पुरीको झोलामा मेड इन अमेरिका लेखिएको पेस्तोल र त्यसको चार राउन्ड गोली फेला परेको थियो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *