सिन्धुलीमा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

डिसी नेपाल
३ फागुन २०८२ ९:४७
40
Shares

सिन्धुली । सिन्धुलीमा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका एक श्रमिकको उपचारका क्रममा मृत्यु भएको छ ।

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५ आलडाँडा क्षेत्रमा बिजुलीको पोलमा चढेर काम गरिरहेका तीनपाटन गाउँपालिका–२ कदमे स्थायी घर भई हाल कमलामाई नगरपालिका–४ ढुंग्रेबासमा बस्दै आएका ४२ वर्षीय रामलाल श्रेष्ठ करेण्ट लागेर गम्भीर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार स्थानीय स्तरमा इन्टरनेट (नेट) जडानसम्बन्धी काम गर्दै आएका श्रेष्ठले पोलमा चढेर तार व्यवस्थापन गर्ने क्रममा अचानक विद्युत् तारले छोएपछि अचेत भई पोलबाट तल खसेका थिए । उनलाई घटनालगत्तै स्थानीयवासीले उद्धार गरी जिल्ला अस्पताल सिन्धुली पु¥याएका थिए। अस्पतालले उनलाई उपचारको क्रममा मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनाको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी निरीक्षक उज्ज्वल कार्कीको कमाण्डमा पाँच जनाको टोली घटनास्थलतर्फ खटिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा सुरक्षा उपकरण प्रयोग नगरी काम गर्दा करेन्ट लागेको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.