नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन आयोग समक्ष बुझायो प्रतिबद्धता पत्र

डिसी नेपाल
३ फागुन २०८२ १६:११
20
Shares

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो प्रतिबद्धता पत्र निर्वाचन आयोग समक्ष पेश गरेको छ।

पार्टीको तर्फबाट उक्त प्रतिबद्धता पत्र आज आइतबार दिउँसो ३ बजे निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष बुझाइएको हो।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०८२ अनुसार निर्वाचनमा सहभागी राजनीतिक दलहरूले आफ्नो घोषणापत्र वा प्रतिबद्धता पत्र फागुन ३ गतेभित्र अनिवार्य रूपमा बुझाइसक्नुपर्ने व्यवस्था गरेको छ।

सोही अनुरूप आयोगले यसअघि नै सबै दलहरूलाई निर्धारित समयसीमाभित्र आवश्यक कागजात पेश गर्न पत्राचार गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *