उम्मेदवार नै एमाले प्रवेश

डिसी नेपाल
४ फागुन २०८२ १०:४८
14.2k
Shares

काठमाडौं । रूपन्देही क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार नै एमाले प्रवेश गरेका छन् । जसपा नेपालका उम्मेदवार श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् ।

यद्यपि उनले फिर्ता लिएको घोषणा गरे पनि उनले उम्मेदवारी प्राविधिक रूपमा फिर्ता भने हुँदैन र मतपत्रमा उनको चिन्ह भने हुन्छ । उनका मतदाताले उनको आग्रहमा एमालेलाई मतदान गर्न सक्छन् ।

यादवले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै राजीनामा दिएका छन् । उनले अहिलेको अवस्थामा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन् । यहाँ एमालेबाट वासुदेव घिमिरे उम्मेदवार छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.