डडेलधुरामा नेपाली कम्युनिष्ट पार्टीका नेता कांग्रेसमा प्रवेश

डिसी नेपाल
४ फागुन २०८२ १७:२९
72
Shares

नवदुर्गा। डडेलधुरामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता बहादुर सिंह साउद नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नवदुर्गा गाउँपालिका-४ सिरोडमा आयोजित एक कार्यक्रमबीच आज साउद कांग्रेसमा प्रवेश गरेका हुन्।

नवप्रवेशी साउदलाई नेपाली कांग्रेस डडेलधुरा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नैनसिंह महर, प्रतिनिधिसभा समानुपातिक उम्मेदवार हरिना कामी र सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री गोविन्द बोहरालगायत नेताहरूले खादा र टीका लगाएर पार्टीमा स्वागत गरेका थिए।

पार्टी प्रवेश गर्दै साउदले लामो राजनीतिक अनुभवपछि अहिलेको कम्युनिष्ट राजनीतिबाट जनताको भलो नहुने निष्कर्षमा पुगेको बताए। उनले भने, ‘अहिलेको नेकपा परित्याग गरी कांग्रेस रोज्नुको मुख्य कारण जनताको चाहना हो। जनताको अपेक्षा र मुलुकको विकास कांग्रेसले मात्र पूरा गर्न सक्छ भन्ने विश्वासका साथ म यहाँ आएको हुँ।’

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेपाली कांग्रेस डडेल्धुराका नेताहरूले साउदको राजनीतिक पृष्ठभूमि र सक्रियताको कदर गरिने बताए। त्यस्तै, नवप्रवेशीहरूलाई उनीहरूको योग्यता र क्षमता अनुसार पार्टीमा उचित जिम्मेवारी दिइने प्रतिबद्धता व्यक्त गरे।

नेताहरूले कांग्रेस सधैँ लोकतन्त्र र जनताको पक्षमा उभिने पार्टी भएको बताउँदै साउदको आगमनले स्थानीय स्तरमा पार्टी संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.