अस्मिता थापालाई जिताउन ओखलढुंगा-काठमाडौं सम्पर्क मञ्चका पूर्व अध्यक्षको संयुक्त अपिल
ओखलढुंगा । प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ नजिकिँदै जाँदा ओखलढुंगाको राजनीतिक माहोल थप तातेको छ। नेकपा (एमाले) ओखलढुंगा-काठमाडौं सम्पर्क मञ्चका पूर्व अध्यक्षहरू र वर्तमान अध्यक्षले संयुक्त अपिल जारी गर्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार अस्मिता थापालाई अत्याधिक मतले विजयी गराउन आग्रह गरेका छन्।
‘जेनजी पुस्ता, नवीन सोच, युवा उद्यम र रोजगारीका लागि ओखलढुंगामा अस्मितालाई भोट’ भन्ने मूल सन्देशसहित सार्वजनिक गरिएको अपिलमा सूर्य चिन्हमा मतदान गर्न जिल्लावासीमा अनुरोध गरिएको छ। संयुक्त अपिलमा ओखलढुंगाको विकास, युवा रोजगारी सिर्जना, उद्यमशीलताको प्रवर्द्धन तथा समृद्ध जिल्लाको दीर्घकालीन लक्ष्य पूरा गर्न सक्षम र ऊर्जाशील नेतृत्व आवश्यक रहेको उल्लेख गरिएको छ।
सम्पर्क मञ्चका पूर्व अध्यक्षहरू शान्तिराम खतिवडा, दीप ब. कार्की, नानीबाबु बुढाथोकी, केदारराज पुडासैनी, सुरेन्द्र बोगटी, कुमार प्र. घिमिरे, तीर्थराज सुवेदी, अमृत ब. धमला, सीताराम राउत, चन्द्र व. राई वाम्बुले, मोहन कु. बिष्ट, सूर्य ब. गुरुङ, विनोद राईले संयुक्त रूपमा हस्ताक्षर गर्दै अस्मिता थापाको पक्षमा माहोल बनाउन आह्वान गरेका छन्।
त्यस्तै, हालकी अध्यक्ष संगिता कार्कीले पनि आफूहरू सबै सक्रिय भएर चुनावी अभियानमा जुटेको उल्लेख गर्दै संगठनको सम्पूर्ण शक्ति उम्मेदवारको जितमा केन्द्रित गरिने बताएकी छन्। उनले ओखलढुंगाको समग्र विकास, युवा सहभागिता , महिला नेतृत्वमा नयाँ ऊर्जा र सुशासनको पक्षमा स्पष्ट दृष्टिकोण भएकी उम्मेदवारका रूपमा अस्मिता थापा योग्य र सक्षम विकल्प भएको दाबी गरेकी छन्।
संयुक्त अपिलमार्फत जिल्लाभर रहेका नेता- कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूलाई घरदैलो अभियानलाई प्रभावकारी बनाउन, मतदातासम्म स्पष्ट सन्देश पुर्याउन र सूर्य चिन्हमा मतदान सुनिश्चित गर्न आग्रह गरिएको छ।
निर्वाचन नजिकिँदै जाँदा एमालेभित्र देखिएको एकता र पूर्व तथा वर्तमान नेतृत्वको साझा प्रतिबद्धताले ओखलढुंगामा अस्मिता थापाको पक्षमा चुनावी माहोल थप सशक्त बन्दै गएको नेताहरूको भनाइ छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment