नेकपा संयुक्तको घोषणा पत्र सार्वजनिक, भ्रष्टाचारमुक्त राजनीतिमा जोड

डिसी नेपाल
५ फागुन २०८२ १६:०५
8
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) को घोषणा पत्र सार्वजनिक भएको छ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर घनश्याम भुसाल नेतृत्वको नेकपा संयुक्तले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो।

घोषणापत्रमा भ्रष्टाचार विरुद्धको लडाइँलाई राष्ट्रिय लडाइँ बनाउनुपर्ने बताइएको छ। उद्यमी राष्ट्र निर्माणको पहिलो सर्त भ्रष्टाचार मुक्त राजनीति रहेको भन्दै घुस नखानेको पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

घोषणापत्रमा भनिएको छ, ‘हामीमाथि भ्रष्टाचारको आरोप नलाग्ने गरी अन्तर्राष्ट्रिय मञ्चमा उभिनसक्ने नेतृत्वबिना हामीले अरूमाथि प्रश्न गर्न सक्दैनौँ। त्यसैले उद्यमी राष्ट्र निर्माणको पहिलो सर्त भ्रष्टाचारमुक्त राजनीति हो। त्यसैले भ्रष्टाचार विरुद्धको लडाइँलाई राष्ट्रिय लडाइँ बनाउनुपर्छ। त्यसैलाई हामीले चलनचल्तीको भाषामा र साङ्केतिकरुपमा ‘घुस नखाने राजनीति, घुस नखाने पार्टी’ भनेका हौँ।’

त्यस्तै अहिले निर्वाचनको मैदानमा मुख्य शक्तिका रुपमा रहेका पूराना शक्तिहरूले आफ्नो अयोग्यता सावित गरिसकेको र नयाँ पार्टीलाई राष्ट्रले भोगिरहेका समस्याको कुनै परवाह नरहेको नेकपाको भनाई छ। नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) वर्तमान समयको मागलाई पूरा गर्न प्रतिबद्ध रहेको जनाइएको छ।

‘अहिले निर्वाचनको मैदानमा मुख्य शक्तिका रुपमा एकातिर ति पुराना शक्तिहरू छन्। जसले आफ्नो अयोग्यता सावित गरिसकेका छन्। अर्कोतर्फ ती नयाँ पार्टी छन् जसलाई राष्ट्रले भोगिरहेका समस्याको कुनै परवाह छैन। मानौँ उनीहरू रङ्गमञ्चमा आएपछि मात्रै नेपाली राजनीतिको इतिहास सुरु भएको हो। यसरी नेपालको राजनीति अँध्यारोतर्फ जाँदैछ, दुर्घटनातर्फ जाँदैछ। यस्तो अवस्थामा मुलुकले विचौलियातन्त्रका सहयोगी तथा आन्तरिक लोकतन्त्र मरिसकेका पुराना ठूला पार्टीहरूको विकल्प खोजेको छ। त्यस्तै, नयाँ भनिने सिद्धान्तहीन, विचारहीन, पपुलिष्ट पार्टीहरूको पनि विकल्प खोजेको छ। यो राष्ट्रिय राजनीतिक निराशालाई चिर्न सक्ने नयाँ क्रान्तिकारी शक्तिको आशा गरेको छ। हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) समयको त्यस मागलाई पूरा गर्न प्रतिबद्ध छ। आन्तरिक लोकतन्त्रलाई ग्यारेण्टी गर्दै दलाल पुँजीवादसँग लड्न सङ् कल्पबद्ध छ,’ घोषणापत्रमा लेखिएको छ

घोषणापत्रमा राजनीति, राजनीतिक पार्टी र नेताहरूले यो तथ्यलाई हृदयङ्गम गर्न नसक्नु हाम्रो समृद्धिको असाध्यै ठुलो तगारो भएको उल्लेख गरिएको

घोषणापत्रमा भनिएको छ, ‘अब सित्तैमा कसैले दिँदैन र कसैले दियो भने पनि बिनाशर्त दिँदैन। हाम्रो राजनीति, राजनीतिक पार्टी र नेताहरूले यो तथ्यलाई हृदयङ्गम गर्न नसक्नु हाम्रो समृद्धिको असाध्यै ठुलो तगारो हो। अब हामीले भन्न सक्नु पर्छ। हाम्रा आवश्यकता र शर्तमा बाहेक विदेशी सहयोग लिँदैनौँ’।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *