पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने कांग्रेसको दाबी

डिसी नेपाल
७ फागुन २०८२ १५:३७
4
Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली युवाहरूका लागि आगामी पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने गरी योजना बनाएको बताएका छन्।

कांग्रेसले चलाएको मिसन रोजगारीलाई निरन्तरता दिन र संविधानमा लेखिएको मौलिक हक अन्तर्गतको रोजगारी सिर्जना गर्ने गरी संकल्पपत्र तयार गरेको बताए। उनले यत्तिकै पाँच हजार रोजगारी नभइ कृषि, पर्यटन, भौतिक पूर्वाधार, सूचना प्रविधि लगायतका क्षेत्रगत विधामा योजना बनाएर रोजगारी सिर्जना गर्ने संकल्प लिएको बताए।

उनले भने, ‘५ हजार युवाहरूका लागि कार्यक्रम बनाउने छौँ, चाहे त्यो संसदमा होस् या सरकारमा होस्। यस बारेमा कार्यक्रम नै बनाएका छौं।’
उनले युवाहरूलाई डिजिटल स्वतन्त्रता र सिर्जनाको सम्मान गर्ने योजना कांग्रेससँग रहेको जिकिर गरे। अहिलेका युवाहरूसँग थुप्रै कला, साहित्य र सिर्जनाहरू छन्। उहाँहरूले सिर्जना गर्नु भएको छ। तर त्यसलाई बेच्न बजारमा पाइराख्नु भएको छैन। यसबाट स्वतन्त्रता खोज्नु भएको छ। यसका बारेमा हामी प्रस्ट छौं।’

उनले युवाहरूमा अर्को महत्वपूर्ण कुरा सीप र सिर्जनालाई चलायमान बनाउनुपर्नेमा जोड दिएका छन्। उनले भने, ‘कुनै युवा वा युवतीले आफूले अध्ययन गरिरहेको शिक्षा वा सीपपछि गएर काम नलाग्ने गरी हुनु भएन। उसलाई दक्ष बनाइ राख्न अध्ययन गरिरहेको सीपमा थप गतिशीलता दिनु जरूरी छ। किनकि अहिले बजार प्रतिस्पर्धाको छ।’

यस्तै सरकारले ब्रेन ड्रेनसँगै ब्रेन गेन अर्थात् युवाको दक्ष जनशक्ति पलायनसँगै दक्ष जनशक्तिलाई संस्थागत रुपमा कसरी ल्याउनेतर्फ पनि योजना बनाएको सुनाए। विदेश पलायन भएका युवाहरूलाई नेपालमै कसरी संस्थागत ढंगबाट काम गर्ने वातावरण सिर्जना बनाउन सकिन्छ भन्ने कुरा योजना तयार पारेका छौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.