गगनकुमार थापाद्वारा कांग्रेसको चुनावी प्रतिज्ञा : समृद्धि र समुन्नतीमा सामाजिक न्यायको जोड

डिसी नेपाल
७ फागुन २०८२ १६:१६
4
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समृद्धि र समुन्नतीको अर्थ स्पष्ट पार्दै समाजिक न्याय र सबैको हक अधिकार सुनिश्चित गर्ने कुरामा जोड दिएका छन्।

बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कांग्रेसको चुनावी प्रतिज्ञामा गगन थापासँग सवाल–जवाफ कार्यक्रममा बोल्दै उनले समृद्धि भित्र सपनालाई कैद गर्ने नभई सबैको हक अधिकार सुनिश्चित गर्नेमा जोड दिए।

उनले भने, ‘समृद्धि र समुन्नती पछिल्लो समय चलेको दुई शब्द हुन्। समृद्धिले के बताउँछ भने समृद्धिले अझैं १० वर्ष हाम्रो औद्योगिकरण, आय अहिलेको भन्दा १० गुनाले बढ्यो भने समृद्धि भएको मान्छौ। तर हामीले समृद्धि भित्र सपनालाई कैद गर्न खोज्यौ। समुन्नती भनेर सपनालाई कैद गर्यौ।’

उनले समृद्धि भित्र महिलामाथि हुने हिँसा, छुवाछुत नघटे समृद्धि र समुन्नती समाज नमान्ने बताए।

‘१० वर्षमा हाम्रो आय, आम्दानी बढ्दै गर्दै मानौँ महिलामाथि हुने हिँसा घटेन भने नेपाल थप समृद्ध भएको मान्छौ कि मान्दैनौ ? छुवाछुत घटेन भने मान्ने कि नमान्ने? हाम्रो हक अधिकार राज्यले दिलाउन सकेन भने हामी मान्दैनौ,’ उनले भने।

उनले संसरभरी छरिएका नेपालीको अभिभावक बन्ने भन्दै प्रवासी नेपालीहरूको योगदानमा पनि जोड दिए।

‘हाम्रो राज्य प्रवासमा रहेर प्रौरख र सामाथ्र्य खर्चिरहेका नेपालीहरुको पनि अभिभावक हुनेछ। संसरभरी छरिएका नेपालीको भावना, ज्ञान, सिप र पूँजी र मातृभुमीको पुर्न जागरणमा जोडिनेछ,’ उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *