अभिव्यक्ति स्वतन्त्रलाई जीवन्त राख्न मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ : उपराष्ट्रपति यादव

डिसी नेपाल
७ फागुन २०८२ १७:१९

काठमाडौं। उपराष्ट्रपति रामसहाय यादवले अभिव्यक्ति स्वतन्त्रलाई जीवन्त राख्न मिडिया र सञ्चारमाध्यमहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।

बिहीबार राष्ट्रिय समाचार समिति (रासस) को ६५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक असंलग्नता, खोजी पत्रकारिता र नागरिक जवाफदेहिता आत्मासाथ गर्दै राससले देश विकासमा दत्तचित्त भएर अगाडि बढ्न सबैलाई प्रेरित गर्न सक्ने विषयमा जोड दिनुपर्ने बताए।

उनले भने, ‘सम्पूर्णमा अभिव्यक्ति स्वतन्त्रलाई जीवन्त राख्न मिडिया र सञ्चारमाध्यमहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको छन्। राजनीतिक असंलग्नता खोजी पत्रकारिता र नागरिक जवाफदेहिता आत्मसाथ गर्दै यस संस्थाले देश विकासमा दत्तचित्त भइ अगाडि सबैलाई बढ्न प्रेरित गर्न सक्ने विषयमा जोड दिनुपर्छ।’

त्यस्तै उनले राससले मुलुकको उन्नती प्रगती र समृद्धिको यात्रामा आफ्ना सामाग्री मार्फत पत्रकारितामा अग्रणी भूमिका निर्वाह गर्न सक्नुपर्ने धारणा राखे।

बद्लिँदो प्रविधि बजार र सामाजिक सन्दर्भलाई आत्मसाथ गर्दै मिडियाले आफ्नो सेवाहरुलाई अनुकुलित गर्दै परिस्कृत सामाग्री उत्पादनमा जोड दिनुपर्ने उनको भनाई छ।

उनले भने, ‘अझ राससले मुलुकको उन्नती प्रगती र समृद्धिको यात्रामा आफ्ना सामाग्री मार्फत पत्रकारितामा अग्रणी भूमिका निर्वाह गर्न सक्नुपर्छ। बद्लिँदो प्रविधि बजार र सामाजिक सन्दर्भलाई आत्मसाथ गर्दै यस संस्थाले आफ्नो सेवाहरुलाई अनुकुलित गर्दै परिस्कृत सामाग्री उत्पादनमा जोड दिनुपर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.