कथा : पेन्सन

प्रकाशचन्द्र खतिवडा
९ फागुन २०८२ ७:०५
4.2k
Shares

म राजनीतिबाट टाढिएको पुग नपुग तीस वर्ष भएछ। मलाई पार्टी सदस्यता नवीकरणका लागि दवाव आएकै थियो। मैले बेवास्ता गरें। कुनै जवाफ नफर्काइ म स्वतन्त्र वामपन्थी बनें। पार्टी विभाजनले मेरो मन फाट्यो। मैले राजनीति नगर्ने निर्णय गरी पार्टी सदस्यता नवीकरण नगरेको हुँ।

मेरो लागि राजनीति सजिलो विषय थिएन। म शिक्षणमा प्रवेश गरि सकेको थिएँ। मैले खुला राजनीति गर्न सक्तिनथे। पार्ट टाइम अर्धभूमिगत शैलीमा भूमिगत नाम राखी मैले राजनीति गर्नु पथ्र्यो। पोल खुलेमा सेवाबाट निलम्वन परिन्थ्यो।

तलब र ग्रेड रोक्का हुन्थ्यो। मुद्दा खेप्नु पथ्र्यो। मुद्दा जित्ने संभावना कम रहन्थ्यो। मुद्दा हारेमा सेवाबाट वर्खास्त भइन्थ्यो। खाइपाइ आएको रोजीरोटी गुम्थ्यो। मसँग आश्रित परिवारले हात मुख जोर्नका लागि वैकल्पिक पेशा रोज्नु पथ्र्यो। म राजनैतिक बन्दीको रुपमा जेलमा हुन्थें।

मेरो भाषण कला देखेर साथीहरु मलाई राजनीति गर्न उक्साइ रहेका थिए। म विद्यार्थी पृष्ठभूमिबाट आएको थिएँ। बुर्जुवा शिक्षाको अन्त्य गरी जनवादी तथा प्रगतिशील शिक्षा प्रणाली लागू गर्ने कुरामा म सहमत थिएँ।

व्यवसायिक तथा जीवनोपयोगी शिक्षाको अभावका रोजगारी प्राप्त गर्ने अवसर न्युन हुन्थ्यो। बेरोजगारी समस्या थोपर्ने शिक्षाको गुणस्तरीयता थिएन। शिक्षा क्षेत्रमा आमुल परिवर्तनको खाँचो थियो।

शिक्षणमा प्रवेश गरे पछि म नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध थिएँ। नेपाल राष्ट्रिय शिक्षक संगठन शिक्षकहरुको पेसागत हैसियत मजबुत पार्दै वैज्ञानिक तथा रोजगारमुलक शिक्षा प्रणालीको पक्षमा आवाज उठाउने शिक्षकहरुको वैधाकि संस्था थियो। यो संस्था आन्दोलनको जगमा जन्मेको थियो। अधिकांश शिक्षकहरु यसै संस्थामा आवद्ध थिए।

म इलाका सदस्यको जिम्मेवारीमा थिएँ। सदस्यता नवीकरण, सुझाव तथा समस्या संकलन र जिल्लाव्यापी परीक्षा संचालन बारे भेटघाट तथा छलफल चलाउने गर्थें। सांगठानिक इतिहास उजागर गर्नु मेरो नैतिक कर्तव्य भित्र पथ्र्यो।

प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि संगठन मजबुद हुन जरुरी थियो। जसका लागि सदस्यता नवीकरण पर्याप्त हुनु पथ्र्यो। सदस्यहरु विचारले प्रतिवद्ध रहनु पथ्र्यो।

मेरो शिक्षण बाध्यातमक परिस्थितिको उपज थियो। म उच्च शिक्षालाई निरन्तरता दिन चाहान्थें। मैले प्रमाण-पत्र तह मात्रै सकाएको थिएँ। घरायसी आर्थिक अवस्थाका कारण मैले पढाइलाई निरन्तरता दिन सकेको थिइनँ। शिक्षण गर्दै स्नातक तहको पढाइ पूरा गर्ने योजना सहित मैले शिक्षण थालेको थिएँ।

पार्टीले मलाई पूर्णकालीन हुन आग्रह गरिरहेको थियो। विद्यार्थी फाँटको काम हेर्ने गरी अनेरास्ववियुमै रहेर स्नातक तह अध्ययन गर्न सुझाइ रहेको थियो। मैले शिक्षण क्षेत्रमा रहेर शिक्षक फाँट सम्हाल्ने जिरह लिएको थिएँ। अन्ततोगत्वा पार्टी मेरो निर्णयमा सहमत भयो। म शिक्षण क्षेत्रमा कृयाशील रहें।

समाजमा वर्ग विभेद कायमै थियो। सामन्तवादको अवशेष जीवितै थियो। साम्राज्यवादीहरु आफ्नो मिशन पूरा गर्न प्रयत्नरत थिए। दलाल पूँजिवादले टाउको उठाई रहेकै थियो। धनी र गरिब बीचको खाडल गहिरी रहेकै थियो। परिवर्तनले साकार रुप लिन सकिरहेको थिएन। प्रतिक्रियावादीहरु मौका हेरेर बसिरहेका थिए।

विषम परिस्थितिबाट गुज्रिएको समाज परिवर्तन गर्ने ध्ययेका साथ म आफूलाई परिचालित गराउनमा भ्ररमग्दूर कोशिस गरि रहेको थिएँ। प्रौढ कक्षा संचालन गरी जनचेतना जगाउने कार्यलाई अगाडि बढाइएको थियो। महिला सशक्तिकरणका लागि विशेष नारी कक्षाहरुको व्यवस्था गरिएको थियो।

भूमिहीनहरुलाई संगठित गरिएको थियो। दलित जनजातिका पनि संगठन निर्माण गरिएका थिए। सार्वजनिक सम्पत्ति संरक्षण सम्बर्धनमा युवा परिचालन गरिएको थियो। हप्ताको एक दिन अनिवार्य श्रमदान गर्ने नीति बनाइएको थियो। बाटो घाटो, पुल पुलेसा र कुलो मर्मत जस्ता काममा श्रमदान परिचालित गरिन्थ्यो।

मुद्दा मामलो छिनोफानोको लागि न्यायिक समिति बनाइएको थियो। नागरिकहरुको म भरोसाको केन्द्र बन्दै गइ रहेको थिएँ। अब भने मलाई जनवर्गीय संगठनहरु गठन गर्न सहज भएको थियो क्रमशः म पार्टी सेल कमिटी गठन गर्ने रणनीतिका साथ अगाडि बढिरहेको थिएँ।

अचानक मेरो सरुवा भयो। मेरो अभियानमा बाधा उत्पन्न भयो। तथापि मैले हार खाइनँ। शुक्रबारै पिच्छे साङपाङबाट दिङ्ला आइ अभियानलाई निरन्तरता दिएँ र सेल कमिटी गठन गरी बाँकी कामलाई निरन्तरता दिन क. अक्षुण्णको संयोजकत्वमा जनपरिचालन कमिटी गठन गरी औपचारिक रुपमा म विदा भएँ।

साङपाङ माओवादीको आधार क्षेत्र थियो। दर्जनौं युवा युवती छापामार सैन्यमा भर्ना भएका थिए। संसदीय व्यवस्था र राजतन्त्रको अन्त्य गर्दै गणतन्त्रात्मक शासन व्यवस्था स्थापित गर्ने भनी माओवादीले सशस्त्र संघर्ष सुरु गरेको थियो। देशव्यापी हजारौं नेता कार्यकर्ता भूमिगत थिए।

मलाई राजनीति प्रति वितृष्णा आइ सकेको थियो। मैले म आवद्ध पार्टीको सांगठानिक काम छोडी सकेको थिएँ। सदस्यता नवीकरण नगरी निस्किृय बनि सकेको थिएँ। पार्टीले मलाई स्पष्टिकरण सोधिसकेको थियो। मैले म स्वतन्त्र रहने भनी जवाफ फर्काएको थिएँ। मेरो जवाफ चित्त बुझ्दो नभएको भनी मलाई निलम्बनको पत्र थमाइएको थियो। म पार्टीबाट निलम्वित थिएँ।

मैले निलम्बन फुकुवाको पहल नै गरिनँ। पार्टीसँग मेरो लेना देना केही थिएनँ। म निस्वार्थ पार्टी काममा खटेको थिएँ। पार्टीमा रहुन्जेल पार्टी हित विपरीतको काम गरिनँ। जनतालाई केन्द्र विन्दुमा राखेर जनजीविकाको सवाल मुखरित गर्ने कुरामा कन्जुस्याँइ गरिनँ। राष्ट्र र राष्ट्रियताप्रति गद्दारी गरिनँ। न्याय, समानता र मुक्ति प्राप्तिको आन्दोलनमा पिठ्यूँ फर्काएर हिँडिनँ।

म विद्यार्थी राजनीति सुरुवात गर्दा १५ वर्ष उमेरको थिएँ। १५ वर्षको उमेरमै मैले अनेरास्ववियुको सदस्यता प्राप्त गरेको थिएँ। म पढ्दा मा.वि. तहमा स्व.वि.यु निर्वाचन हुन्थ्यो। मा.वि.तह देखि नै म अनुशासित र निष्ठावान कार्यकर्ता थिएँ। एस.एल.सी. सकाएर कलेज अध्ययनको क्रममा अनेरास्ववियुसँग झन् निकटता बढी प्रारम्भिक कमिटीको सचिव भएर राजनैतिक जीवन सुरुवात गरेको थिएँ।

पार्टी राजनीति परित्याग गरे पनि म नेपाल राष्ट्रिय शिक्षक संगठनमा कृयाशील रहि रहें। अहिले म संगठनको केन्द्रीय प्रतिनिधि थिएँ। केन्द्र र जिल्लाबीच केन्द्रीय प्रतिनिधिले पुलको काम गर्नु पथ्र्यो। जिल्लाका गतिविधि केन्द्रमा र केन्द्रका गतिविधि जिल्लामा पु¥याउने जिम्मेवारी केन्द्रीय प्रतिनिधिको हुन्थ्यो।

शिक्षण प्रति म कसरी आकर्षित भएँ? खासमा यसको जवाफ मसँग छैन। शिक्षण गर्दै अध्ययन गर्न र राजनीति गर्न सहज हुने होला भनी म शिक्षणमा प्रवेश गरे हुँला। खैर शिक्षण पेसा अवलम्वन गरियो। शिक्षण आफैंमा सामाजिक सेवा थियो। रोजीरोटीको समस्या पनि टार्नु थियो। भाइ बहिनीहरु पढ्दै थिए। पढाइ खर्च दिनै पथ्र्यो। घर व्यवहारमा पनि भर थेग गर्नै पथ्र्यो।

बालबालिकासँग दिन बिताउनु साह्रै रमाइलो थियो। बालबालिकाको मनोभावना अनुसार शिक्षण गर्नु शिक्षकको कुशलता ठहरिन्थ्यो। लाग्छ, मैले बालबालिकालाई सजाय दिइनँ। दोहोर्‍याइ, तेहर्‍याइ सिकाएँ। गीत गाएँ। नाचे अनि नचाएँ।

म प्रति विद्यार्थीहरु आकर्षित थिए। मेरो कक्षामा उनीहरु उत्सुक हुँदै जिज्ञासा राख्न तँ छाड म छाड गर्थे। उनीहरुको जिज्ञासा हल गर्नमा मैले अथक प्रयत्न गर्थे। उनीहरुको खुशी नै मेरो खुशी हुन्थ्यो।

शिक्षण पेसा प्रति आमा सन्तुष्ट हुनुहुन्थेन। निजामती सेवा प्रवेश गर्नु पर्ने आमाको आशय थियो। आमाको आशय विपरीत मैले शिक्षण पेसा अबलम्बन गरेको थिएँ। निजामती सेवा प्रवेश नगरेकोमा मेरो कुनै पशचातापै रहेन। मैले आफूलाई शिक्षक भएकोमा गौरवानुभूति गरि रहेको थिएँ।

भ्रष्टाचार मुक्त सेवा थियो शिक्षण। जालझेलको कुरै हुन्थेन। अभिभावकसँग सोझै सम्पर्कित हुइन्थ्यो। दुःख सुख साट्न सहज हुन्थ्यो। उनीहरु मसँग खुलेर कुरा गर्थे। उनीहरुलाई आइ परेको समस्या हल गरि दिन म सहजकर्ताको भूमिका निर्वाद गर्थें।

मेरो कुराले उनीहरु विश्वस्त बन्थे। मलाई संगठन निर्माण गर्न सहज भै रहेको हुन्थ्यो। मेरो कुरा सुन्ने धैयर्ता राख्थे अभिभावकहरु। मलाई पार्टी काम अगाडि बढाउन पनि सहज भएको थियो। ऋण धनको हिसाब किताब राख्न सिकाउँथे।

चिठ्ठी लेख्न र आएको चिठ्ठी पढेर संचार सेवा उपलब्ध गराउँथे। रेडियो लगेर वि.वि.सी. अल इण्डिया, वेइजिङ जस्ता समाचार सुनाएर मनोरञ्जन दिलाउँथें। लोकगीत सुन्दा छमछमी नाच्दै रमाउथे उनीहरु। गाउँ गाउँमा शिक्षकहरु चेतनाका संवाहक बनि रहेका थिए। प्रायः शिक्षकको बोलि अकाट्य हुन्थ्यो। शिक्षक देवता सरह मानिन्थ्यो।

म स्थायी भएपछि आमाको निजामती सेवाप्रतिको झुकाव क्रमशः हटेर गयो। म स्थायी हुँदा आमाले खुशी व्यक्त गर्नु भयो। शिक्षक पेसाबाट पनि जिविकोपार्जन गर्न सकिने रहेछ भन्ने कुराप्रति आमा कन्भिन्स हुनु भयो। आमाको खुशी नै मेरो खुशी थियो। म आफूलाई भाग्यशाली छोरो ठानिरहेको थिएँ।

म राष्ट्रिय जनसांस्कृतिक मञ्च भोजपुरको सदस्य समेत थिएँ। राष्ट्रिय जनसांस्कृतिक मञ्च प्रगतिशील कला साहित्यकर्मीहरको आवाज मुखरित गरी आफ्ना प्रतिभा निख्खर पार्ने संस्था थियो।

म प्रगतिशील कथा कविता लेख्ने भएको कारण मलाई सदस्यको जिम्मेवारी प्राप्त थियो। चर्चित गीत गाउँ, गाउँबाट उठका सर्जक संगको सामीप्यतामा रहेर काम गर्ने अवसर प्राप्त थियो। मृदुभाषि हँसिलो अनुहार भएका सर्जक क्रान्ति नायक जस्तै लाग्यो।

मैले राजनीति बिसाएँ भन्दा धेरै साथीहरु आश्चर्य मानिरहेका थिए। मेरो कुराप्रति उनीहरु विश्वस्त बन्न सकिरहेका थिएनन्। पार्टीमा मेरो लगानी राम्रै थियो। अगामि कदम के होला? भनि जिज्ञासा राखिरहेका थिए। म विशुद्ध शिक्षक बन्ने कुरा गरिरहेको थिएँ।

पार्टीबाट सांसदको टिकट लिन पनि सकिन्थ्यो। सांसदको दौडमा म सामेल हुन चाहिनँ मैले शिक्षण पेसालाइ नै निरन्तरता दिएँ। मलाई सांसद भन्दा शिक्षक नै इज्जतिलो लाग्यो। सांसद पार्टी कमाण्डमा चल्नु पथ्र्यो। शिक्षक स्वतन्त्र भएर बाँच्न सक्थ्यो।

अब मैले खुल्ला आकाश खोजिरहेको थिएँ। मैले सजिलै राजनैतिक जीवन त्याग्न सकें। नसा नसामा बगेको राजनीतिको रगत जाम बनाउन सकें। मलाई लाग्थ्यो, म विक्षिप्त बन्ने छु तर। दृढ इच्छा शक्तिका कारण म विक्षिप्त बनिनँ। मेरो जीवन सुललित नै बगि रह्यो। मलाई पश्चातापले निल्न सकेन।

शनैः शनैः पार्टी नेताहरु मसँग सम्पर्कित हुन छोडे। जम्का भेट हँुदा हाइ हेल्लो सम्म चल्थ्यो। उप्रान्त अरु खास कुरा हुन्थेन। म कसैको पक्ष वा विपक्षमा खुल्दै खुलिनँ। मैले नयाँ पार्टी गठन गर्नु थिएन।

कुनै पार्टीमा प्रवेश गरौंला भन्ने थिएन। म फ्रस्टेड थिएँ। स्लिपिङ ट्याब्लेट खाएर सुते जस्तै। मेरो उर्जा शिक्षण तिर उत्प्रेरित बनेको थियो। अबल शिक्षक बन्ने ध्याउन्नमा मैले समय खर्चन थालें। लेख्ने र पढ्ने कुरा प्रति ध्यान केन्द्रित गरें।

आमा, दास क्यापिटल, देवासुर सङग्राम, मानव घुम्ने मेच माथि अन्धो मान्छे, इतिहासको किल्लाबाट मुक्त आकाशको खोजी, देउमाइको किनार नरेन्द्र दाइ, सुम्निमा, मुलुक बाहिर, बसाइ, मुनामदन, जयभुँडी, शिरीषको फूल, सेतो बाघ, चिसो चुल्हो जस्ता थुप्रै कृतिहरु दोहाोर्‍याएर पढें।

अध्ययनले मेरो लेखनमा निखरता ल्याउन मदत ग¥यो। मैले सयौको सख्यामा कविताहरु लेखें र थन्कयाएँ। प्रकाशन गर्ने सामथ्र्य थिएन। पत्र पात्रिकाको पहुँच पनि थिएन। ग्रामीण क्षेत्रमा साहित्यिक कार्यक्रम हुन्थेन। लेख्दै थन्कयाउँदै गर्नुको विकल्पै थिएन।

अन्ततोगावा ३३ वर्ष शिक्षण सेवामा संलग्न रही स्वास्थ्यमा समस्या देखिए पछि अढाइ वर्ष अगाडि मैले स्वेच्छिक अवकाश लिएँ। डिप्रेशनको शिकार भै स्वेच्छिक अवकाशमा जानु परेको थियो। नियमित औषधि सेवन गरिरहेको छु। स्वास्थ्यमा अहिले समस्या छैन।

औषधि छोड्दा पनि हुने जस्तो लाग्छ। डकटरको परामर्श विना औषधि छोड्न मिल्दैन रे। डक्टर भेट्न राँची पुग्नु पर्ने हुन्छ। राँची जाने अनुकुलता मिलिरहेको छैन। भाषको समस्या छ। दोभाषे लिएर जानु पर्छ। निलाप्रसाद सरलाई लिएर जाने सोचमा छु। वहाँ राँचीको रैथाने हो।

अहिले मेरो हातमा पेन्सन पट्टा छ। मासिक पेन्सन आउँछ। घर खर्च चलेकै छ। शिक्षण नगरी राजनीति गर्दो हँु त, मेरो हातमा न पेन्सन पट्टा हुन्थ्यो, न पेन्सन रकम नै। मासिक पेन्सन रकम थाप्दा परिश्रमको फल मिठो हुन्छ भन्ने कथा स्मरण गर्छु। के परिश्रमको फल मिठो हुँदैन त ?

सुन्दरहरैंचा-०६, दुलारी, मोरङ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.