भक्तपुर २ मा राजीवको उम्मेदवारी फिर्ता

डिसी नेपाल
८ फागुन २०८२ १२:५६
15.4k
Shares

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका आनन्द कार्की (राजीव)ले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले निर्वाचन आयोग तथा भक्तपुर २ का मुख्य निर्वाचन अधिकृतलाई पत्र लेख्दै आफ्नो उम्मेदवारी फिर्ता सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइदिन अनुरोध गरेका छन् ।

उनले आफू राजसंस्थाको पक्षधर रहेको र विगत एक दशकभन्दा बढी समयदेखि राजा तथा राजसंस्था पुनःस्थापनाको अभियानमा सक्रिय रूपमा संलग्न रहदै आएको बताउँदै हालै पूर्वराजाबाट आएको वक्तव्यको सम्मानस्वरूप उम्मेदवारी फिर्ता लिने र निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको बताएका छन् ।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा आएको पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिपछि उनले उम्मेदवारी फिर्ता लिएका हुन् । निर्वाचन आयोग तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र लेखेर उनले उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.