मत होइन दोलखालीसँग काम मागिरहेको छु : उम्मेदवार खड्का

डिसी नेपाल
९ फागुन २०८२ १५:०१
28
Shares

काठमाडौं। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा दोलखा क्षेत्र नम्बर १ का नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विशाल खड्काले आफूले मतदाहरुसँग मत भन्दापनि काम मागिरहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा खड्काले चुनाव सकिएपछि जनतासँगको सम्बन्ध धमिलो हुन नदिइ जनताहरुसँग जोडिरहने प्रतिबद्धता पनि जनाए।

उनले भने,‘म दोलखाका जनताहरुसँग वा मतदाताहरुसँग उम्मेदवारको हिसाबले मत माग्न आइरहेको छैन्। चुनाव सकिएपछि जनतासँग सम्बन्ध धमिलो हुँदो रहेछ। त्यसैले सुमधुर बनाउन चाहन्छु। दोलखाको एउटा परिवारको सदस्य हुँ र दोलखा एउटा घर हो। म त्यो परिवारको सदस्यको रुपमा उम्मेदवार बनेको छु। मलाई विश्वास छ आफ्नो घरको र पार्टीको इज्जत जोगाउनुहुने छ। मैले भनिरहेको छु मत होइन् काम मागिरहेको छु।’

त्यस्तै उनले अहिले बाहिर चुपचाप एउटा चिन्हमा झ्यापझ्याप भन्ने नारा निकै चलिरहेको बताउँदै त्यो लोकतन्त्रमाथिको खतरा भएको धारणा राखे।

संवादमा विश्वास गर्नुपर्ने बताउँदै उम्मेदवार खड्काले ‘संवादमा विश्वास, विकासमा निकास भन्ने’ नारासहित आफूहरु अगाडि बढेको बताए।

दोलखाका अनगिन्ति सम्भावनाहरुसँगै धेरै चुनौती पनि रहेको बताउँदै उनले दोलखा बनाउने दायित्व आफूहरुसँग रहेको धारणा राखे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *