रौतहटमा सुरक्षा व्यवस्था सुदृढ बनाउन सरकारको निर्देशन
काठमाडौं। सरकारले रौतहटको घटनामा जिल्ला सुरक्षा समितिलाई जिल्लाका सबै निकायहरुकोबीचमा उचीत समन्वय कायम गरेर जिल्लाको सुरक्षा व्यवस्था सुदृढ बनाउन निर्देशन दिएको छ।
शनिबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले रौतहटमा भएको घटनामा सबैलाई उच्च संयमता अपनाउन आग्रह गरेको गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले जानकारी दिए।
उनले भने,‘रौतहटको घटनामा सबै पक्षलाई एउटा सद्भाव कायम गर्न केन्द्रीय सुरक्षा समितिबाट एउटा आह्वान भएको छ। जुन रौतहटको घटनामा जिल्ला सुरक्षा समितिलाई जिल्लाका सबै निकायहरुको बीचमा उचीत समन्वय कयम गरेर जिल्लाको सुरक्षा व्यवस्था सुदृढ बनाउन निर्देशन दिइएको छ। आवश्यक परेको सुरक्षा व्यवस्था थप गर्ने पनि निर्णय भएको छ।’
त्यस्तै, उक्त घटनामा दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको उनले बताए। बैठकले सबै राजनीति दलहरुलाई आचारसहिंता पालना गर्न आग्रह गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए।







डिसी नेपाल







Facebook Comment