सात महिनामा २ करोड ४५ लाख पिस कन्डम आयात

डिसी नेपाल
९ फागुन २०८२ १९:३४
88
Shares

काठमाडौं। चालु आर्थिक वर्षको सात महिनामा नेपालमा कन्डमको आयात उल्लेखनीय देखिएको छ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा कुल १५ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरका २ करोड ४४ लाख ९३ हजार ११५ पिस कन्डम आयात भएको छ।

विभागको तथ्याङ्कले नेपालमा परिवार नियोजनका साधन तथा यौन स्वास्थ्यसम्बन्धी सामग्रीको माग क्रमशः बढिरहेको संकेत गर्दछ। कन्डम मुख्यतः अस्ट्रेलिया, चीन, भारत, जापान, दक्षिण कोरिया, मलेसिया, थाइल्यान्ड र संयुक्त अरब इमिरेट्स लगायतका देशबाट आयात हुँदै आएको छ।

परिवार नियोजनको अस्थायी साधनका रूपमा प्रयोग हुने कन्डम सुरक्षित यौन व्यवहार प्रवद्र्धन, यौनरोग नियन्त्रण तथा जनस्वास्थ्य सुधारसँग प्रत्यक्ष जोडिएको मानिन्छ।

यद्यपि यति ठूलो परिमाणमा आयात हुँदा जम्मा करिब ६ हजार रुपैयाँ मात्र राजस्व सङ्कलन भएको विभागले जनाएको छ, जसले कन्डमलाई स्वास्थ्यसम्बन्धी संवेदनशील सामग्रीको रूपमा न्यून कर दरमा राखिएको संकेत गर्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *