अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

डिसी नेपाल
९ फागुन २०८२ २१:५६
44
Shares

काठमाडौं। प्रहरीले काठमाडौंको टोखा नगरपालिका–९ स्थित गेष्ट हाउसबाट अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउपर्नेमा पर्सा धोवनी गाउँपालिका–२ का ३५ वर्षीय अरबिनकुमार मेहता र नुवाकोट बेलकोटगढी नगरपालिका–१ का २९ वर्षीय निरोज पुडासैनी रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले राससलाई जानकारी दिए।

उनले भने, ‘प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २२ ग्राम १८ मिलिग्रामसहित पक्राउ गरेको हो।’ उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.