मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि तालिम सुरु

डिसी नेपाल
१० फागुन २०८२ २०:५०
64
Shares

जनकपुरधाम। यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि यहाँ तालिम सुरु भएको छ।

धनुषाका मुख्य निर्वाचन अधिकृत सुभाषबाबु परीले आजदेखि निर्वाचन क्षेत्र नं १ मा खटिनेलाई लक्षित गरी प्रशिक्षण दिइएको र यो क्रम जारी रहने बताए।

मुख्य निर्वाचन अधिकृत पुरी, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलसहितका सुरक्षा अधिकारीहरूले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूको काम, कर्तव्य एवं अधिकारका विषयमा प्रशिक्षण दिए।

प्रशिक्षण कार्यक्रममा शान्तिसुरक्षा, मतपत्र तथा मतपेटिकाको सुरक्षासहितका विषयमा धनुषाका प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरलगायतले जानकारी दिए।

निर्वाचन क्षेत्र १ बाट सुरु भएको तालिम क्रमशः ११ गते क्षेत्र नंं २, १२ गते क्षेत्र नंं ३ र १३ गते क्षेत्र नंं ४ का मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि आयोजना गरिने प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले जनाएको छ।

जिल्लामा ४ निर्वाचन क्षेत्र गरी ६४५ मतदान केन्द्र रहेका छन्। जिल्लामा यस पटक नयाँ तथा पुराना गरेर पाँच लाख १४ हजार ५७१ मतदाता रहेका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.