रास्वपा नेता चौलागाईंले त्यागे पार्टी

डिसी नेपाल
११ फागुन २०८२ १६:१८
1.8k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेश समिति सदस्य हरि चौलागाईंले पार्टी परित्याग गरेका छन्। चौलागाईंले रास्वपाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेको बताएका छन्।

रास्वपा विरोधकै राजनीतिमा सीमित रहने, व्यवहारमा भन्दा भाषणमा बढी केन्द्रित शैली चित्त नबुझेको भन्दै उनले पार्टी त्याग्न पुगेको बताएका हुन्।

उनले पार्टीमा जनताको प्रत्यक्ष सुखदुःखमा जोडिने, विकास र आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्ने स्पष्ट कार्यदिशा आवश्यक रहेको धारणा राखेका छन्।

रास्वपाको संघीय निर्वाचन परिचालन समिति सदस्यसमेत रहेका चौलागाईं लामो समयदेखि पार्टीको संगठन विस्तार र निर्वाचन परिचालनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *