‘बाँके घटनाको छानवीन नगरी कार्वाही प्रक्रिया अघि बढाउन सकिन्न’
फाइल फाेटाे
काठमाडौं । सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बाँके घटनाको छानवीन नगरी कार्वाही प्रक्रिया अघि बढाउन नसकिने बताएका छन्।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले तत्काल सो घटनामा संलग्नहरुमाथि कार्वाही गर्न माग गरिरहेका बेला मन्त्री बास्कोटाले छानवीन गरेर मात्रै सो घटनामा संलग्नमाथि कार्वाही प्रक्रिया अघि बढाउने प्रष्टयाएका हुन्।
बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनले संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले छानविन नै नगरी, दोषी नठहराई, घटनामा कसको संलग्नता छ ? भन्ने पुष्टि नभई आरोपितमाथि कार्वाही गर्न नमिल्ने पनि स्पष्ट पारे।
‘हाम्रा निकायले छानविन गर्छ, अनुसन्धान गर्छ,’ मन्त्री बास्कोटाको भनाई थियो, ‘दोषी ठहर भएपछि कानुन बमोजिम कार्वाही हुन्छ ।’ हाँत भाँचिएको हो भने पनि कानुन बमोजिम कार्वाही गर्न कसले भाँचेको हो ? भनेर अनुसन्धान गर्नुपर्ने मन्त्री बास्कोटाको भनाई छ।
मन्त्री बास्कोटाले अरुले आरोपित गरेको आधारमा कसैमाथि पनि कार्वाही गर्न नमिल्ने पनि पटकपटक दोहोर्याए। प्रमुख प्रतिपक्ष दल काँग्रेसले पार्टीका बाँके सभापति किरण कोइरालासहितका नेता, कार्यकर्तामाथि नेकपाका कार्यकर्ताले हमला गरी घाईते बनाएको भन्दै तत्काल कार्वाही गर्न माग गर्दै आएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment