पर्वतमा तेस्रो जितको खोजीमा पदम गिरी, मतदाता पछुताउन नपर्ने गरी काम गर्ने

डिसी नेपाल
१४ फागुन २०८२ १२:३५
4
Shares

पर्वत । एमालेकातर्फबाट पर्वत क्षेत्र नम्बर १ का उम्मेदवार पदम गिरीले संघीय संसदले गर्ने काम भनेको ठूला योजनाको काम भएको बताएका छन् । उनले जनताको माग एकातिर काम अर्कातिर भएको पनि बताए ।

चुनावी घरदैलोमा रहेका उनले संघीय संसदको भूमिका मेगा प्रोजेक्टको काम गर्ने तर गाउँका सानातिना योजनाहरुको काम स्थानीय सरकारले गर्ने बताए । आफूलाई जिताउने मतदाता कहिल्यै पनि पछुताउनु नपर्ने पनि बताए ।

‘मैले वितेको ८ बर्षमा गलत काम गरेको छैन । सो हिसाबले मलाई चुनाव जित्न गार्हो थिएन तर यस पटक सूर्चमा केही बादल लागेकाले धेरै महेनत गर्नुपरिरहेको छ,’ उनले भने ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पर्वतमा आगामी फागुन २१ गते हुने निर्वाचनमा कांग्रेस र एमालेका उमेदवार तेस्रोपटक आमनेसामने भएका हुन् ।

०७४ को चुनावमा कांग्रेसले ०५६ देखि अपराजित अर्जुनप्रसाद जोशीलाई उमेदवार बनाएको छ । त्यसबेलाको बाम गठबन्धनबाट एमालेका गिरी यस पटक पुनः विजयी हुने दौडमा छन् । पर्वतमा जोशी र गिरी तेस्रोपटक आमनेसामने भएका हुन् । गिरीले जिते भने ह्याट्रिक जित हुन्छ । जोशीले जिते ह्याट्रिक हारबाट जोगिनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.