देशको भविष्य बदल्नु पर्नेछ : सभापति लामिछाने
दमौली (तनहुँ) । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको भविष्य बदल्नुपर्ने बताएका छन्। तनहुँको दमौलीमा आज साँझ आयोजित चुनावीसभामा सभापति लामिछानेले देशलाई अब समृद्धिको दिशातर्फ लैजाने बेला आएको बताए।
उनले भने, ‘देशले वर्षौँदेखि देखेको सपना पूरा गर्ने दिन फागुन २१ गते हो । अब देशलाई अगाडि बढाउनुपर्नेछ, त्यसको नेतृत्व हामी गर्छौँ।’ सभापति लामिछानेले स्वर्णिम वाग्ले तनहुँको मात्र नभई सिङ्गो देशको सम्पत्ति रहेको बताउँदै स्वर्णिमविरुद्ध भ्रम छर्न खोजिएको आरोप लगाए। सभापति लामिछानेले सहिदको सपना पूरा गर्नुपर्ने भएकाले रास्वपालाई बहुमत दिन आग्रह गरे।
सो सभामा तनहुँ क्षेत्र नं १ का उम्मेदवार डा स्वर्णिम वाग्ले, क्षेत्र नं २ का उम्मेदवार श्रीराम न्यौपानेलगायत सहभागी थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment