रौतहटको राजपुरमा बमजस्तो शंकास्पद वस्तु फेला, सेनाको टोली घटनास्थलमा
रौतहट। रौतहटको राजपुर नगरपालिका-५ स्थित पानी ट्यांकी नजिकैको भित्री सडकमा आज बिहान बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ।
सोमबार बिहान स्थानीय बासिन्दाले सडकको बीचमा कालो ड्रमले छोपिएको र त्यसमाथि ‘बम’ लेखिएको शंकास्पद वस्तु देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरीको टोली घटनास्थल पुगेर क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णु प्रदीप बस्यालका अनुसार घटनास्थलमा शंकास्पद वस्तु भेटिएको पुष्टि भएको छ। उक्त वस्तुलाई सुरक्षित तवरले निष्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा खटिएको छ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले आसपासको क्षेत्र खाली गराएको छ र सर्वसाधारणलाई उक्त स्थान नजिक नजान आग्रह गरेको छ। उक्त वस्तु वास्तवमै बम हो वा भ्रम फैलाउन राखिएको हो भन्नेबारे सेनाको टोलीले अनुसन्धान गरिरहेको छ।







डिसी नेपाल







Facebook Comment