सिरहामा मोटरसाइकल बसमा ठोक्किँदा २ जनाको मृत्यु, एक घाइते

डिसी नेपाल
१८ फागुन २०८२ १०:४५
932
Shares

काठमाडौं। सिरहाको गोलबजार नगरपालिका-३ जमनटोकी नजिक बस र मोटरसाइकल आपसमा ठोकिंदा २ युवकको मृत्यु भएको छ। एक जना घइने भएका छन्।

आइतबार राति गोलबजारबाट पूर्वतर्फ आउँदै गरेको स ५ प ४७५९ नम्बरको मोटरसाइकल र धरानबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख १०८५ नम्बरको बस ठोकिँदा दुर्घटना भएको हो।

दुर्घटनामा धनगढीमाई नगरपालिका–८ का ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन रायको मृत्यु भएको हो। दुर्घटनामा परी घाइते भएका १७ वर्षीय धिरज मण्डलको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक र घाइते तीनै जना एउटै मोटरसाइकलमा सवार थिए।

घटना बारे थाप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.