दुबइमा गरिएको एउटै आक्रमणले युएइ र साउदीलाई चोट

डिसी नेपाल
१८ फागुन २०८२ १३:४८
3.9k
Shares

काठमाडौं । अमेरिकाले आफ्ना सर्वोच्च नेतासहित धेरै अधिकारीको हत्या गरेको विरोधमा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य बेसमाथि आक्रमण गरिरहेको इरानले अब आफ्नो सीमा नाघेको छ । उसले आफ्ना छिमेकी देशहरूमा अमेरिकासँग प्रत्यक्ष सम्बन्ध नभएका स्थानमा समेत आक्रमण थालेको छ ।

सोमबार इरानले दुबईमा रहेको विश्वको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र अरामकोमा आक्रमण गरेको छ। रोयटर्सको रिपोर्ट अनुसार ड्रोन आक्रमणपछि साउदी अरेबियाको सरकारी स्वामित्वको तेल कम्पनी अरामकोले सोमबार आफ्नो रास तनुरा रिफाइनरी बन्द गरेको छ।

यो आक्रमणले मध्यपूर्वमा २ देशलाई एकैपटक चोट दिएको छ । यो रिफाइनरी साउदी अरब सरकारको स्वामित्वको हो । यो रिफाइनरी संयुक्त अरब इमिरेट्सको दुबइमा छ । रिपोर्ट अनुसार यो रिफाइनरी बन्द भएको खबरसँगै ब्रेन्ट कच्चा तेलको मूल्य ९.३२% ले बढेको छ।

रोयटर्सको रिपोर्ट अनुसार, एक अधिकारीले भने – अरामकोको रास तनुरा रिफाइनरी सावधानीका रूपमा बन्द गरिएको थियो। अधिकारीले भने कि स्थिति नियन्त्रणमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.