उज्यालो नेपाल पार्टीद्वारा उम्मेद्वारी फिर्ताबारे फैलिएको अफवाहको खण्डन

डिसी नेपाल
१८ फागुन २०८२ १५:१९
412
Shares

काठमाडौं। उज्यालो नेपाल पार्टीले केही निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता लिएको भन्ने विषयमा फैलिएको समाचारलाई असत्य र भ्रामक भएको स्पष्ट पारेको छ।

पार्टीका प्रवक्ता डा. राजु थापाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा मोरङ–६, डोल्पा र अछामलगायतका क्षेत्रमा पार्टीले उम्मेदवारी छोडेको भन्ने अफवाह फैलिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

विज्ञप्तिमा आसन्न प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा पार्टीले आधिकारिक रूपमा उम्मेदवारी फिर्ता गराउने कुनै निर्णय नगरेको स्पष्ट गरिएको छ।

पार्टीले सम्पूर्ण मतदातालाई भ्रममा नपर्न आग्रह गर्दै प्रत्यक्षतर्फ ‘चिम’ चुनाव चिन्ह र समानुपातिकतर्फ ‘बाँसुरी’ चुनाव चिन्हमा मतदान गर्न अनुरोध गरेको छ। अत्यधिक मतसहित पार्टीलाई विजयी गराउन सबैमा अपिल समेत गरिएको छ।

पार्टीले सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत तथ्यहीन सूचना नफैलाउन तथा आधिकारिक जानकारीका लागि पार्टीका आधिकारिक स्रोतहरूलाई मात्र आधार बनाउन आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.