निर्वाचन कर्मचारी सवार जिप दुर्घटना : एक जनाको मृत्यु

डिसी नेपाल
१८ फागुन २०८२ १८:००
1.9k
Shares

काभ्रेपलाञ्चोक । रामेछापमा कर्मचारीसहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटना पर्दा एक जनाको ज्यान गएको छ।

रामेछाप नगरपालिका २ देउरालीको सितलादेवी मावि र वडा नं ३ साँघु टारको वडा कार्यालय मतदान केन्द्रका कर्मचारी र निर्वाचन सामाग्री लिएर गएको निसान कम्पनीको ना७ख ६७६८ नम्बरको गाडी देउरालीको मतदान केन्द्रमा खटिएका कर्मचारी र निर्वाचन सामाग्री झारेर ब्याक गर्ने क्रममा दुर्घटनामा परको प्रहरीले जनाएको छ।

जिप भिरबाट खस्दा एक जना सुरक्षाकर्मीको मृत्यु भएको र गाडीमा निर्वाचन सामग्रीसहित १०/११ जना निर्वाचनमा खटिएका कर्मचारी सवार रहेको प्रहरीले जनाएको छ।

विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजनप्रसाद तिमल्सिनाले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *