बिहिबार ह्वात्तै घटेको सुनको भाउ आज बढ्यो, तोलाको कति?

डिसी नेपाल
३ असोज २०७६ १०:३६

काठमाडौँ । आज (शुक्रबार) सुनको मूल्य बढेको छ । बिहिबार रु ६०० घटेको सुनको भाउ आज प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

आज बजारमा छापावाल सुन प्रतितोला ७१ हजार तथा तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि छापावाल सुन ७० हजार ७ सय तथा तेजावी सुन ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि चाँदी ८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ।काठमाडौँ र उपत्यका आसपासका केही स्थान बाहेकका जिलामा भने सुनचाँदीको भाउ केही बढी पर्न सक्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *