काठमाडौंमा २ वटा गाडीमा आगो लगाइयो

डिसी नेपाल
१९ फागुन २०८२ १०:५१
10.9k
Shares

काठमाडौं । काठमाडौंमा २ वटा गाडीमा आगो लगाइएको छ । नैकाप र सुकेधारामा आगजनी गरिएको अवस्थामा गाडी फेला परेका हुन् ।

प्रहरीका अनुसार नैकापस्थित पुल नजिकै एउटा बा ७ च १४०१ नम्बरको भ्यान र सुकेधारामा अर्को बिएए २८३६ नम्बरको कार आगजनी भएको अवस्थामा फेला परेको हो।

घटनास्थलबाट दुर्गा प्रसाईंसँग सम्बद्ध पर्चाहरू समेत फेला परेको प्रहरीले जनाएको छ। उनकै समूहमा रहेका व्यक्तिहरूले गरेको हुनसक्ने प्रहरीको आशंका छ। प्रहरीले यस घटनाको अनुसन्धान अघि बढाएको छ।

दुर्गा प्रसाईंले फागुन २१ गते हुने निर्वाचन बिथोल्न खोजेको आरोप छ। उनी हाल जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.