नयाँ बानेश्वरमा ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

डिसी नेपाल
१९ फागुन २०८२ ११:२४
1.1k
Shares

काठमाडौं। नयाँबानेश्वरमा ट्रिपरको ठक्करबाट स्कुटर चालको मृत्यु भएको छ। सुनसरी इनर्वा–५ स्थायी घर भई भक्तपुर लोकन्थली बस्ने ४८ वर्षीय बद्री कोइरालाको मृत्यु भएको हो।

आज बिहान ८ः४५ बजे मिनभवन सिभिल अस्पताल अगाडि बा२क ३२२९ नम्बरको फोहर बोक्ने ट्रिपरले प्र३-००१ब ९४५ को स्कुटरलाई ठक्कर दिएको थियो।

उपचारका लागि सिभिल अस्पताल लगिएका घाइते कोइरालालाई ८ः५५ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृतक कोइराला भक्तपुरस्थित क्षयरोग केन्द्रका नासु हुन्।

ट्रिपरका चालक गोर्खा भूमिचोक स्थायी घर भई पेप्सीकोला बस्ने २६ वर्षीय विकास थापा मगर हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.