बिदामा न्याय सम्पादन नियमित

डिसी नेपाल
१९ फागुन २०८२ १८:१९
16
Shares

रसुवा। कार्यालय बिदा भए पनि रसुवा जिल्ला अदालतले आफ्नो नियमित काम अगाडि बढाई न्याय सम्पादन गर्ने भएको छ।

यही फागुन २०, २२ र २४ गते कार्यालय बिदा रहे पनि जिल्ला अदालतले गर्ने बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनको सुनुवाइ गर्ने व्यवस्था मिलाएको छ। उक्त समयमा बन्दी प्रत्यक्षीकरणको साथै जिल्लाभित्र अप्रिय घटना भएमा पक्राउ गर्ने आदेश जारी गर्ने तथा पक्राउ भएका नागरिकका लागि थुनुवा म्याद थप गर्ने समेतको व्यवस्था मिलाइएको जिल्ला अदालतले सूचनामार्फत जनाएको छ।

यसैगरी, जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार भयरहित वातावरणमा आम निर्वाचन सम्पन्न गराउन उत्तरी रसुवागढी नाका बन्द गरिएको छ। यही फागुा २१ गते अपराह्न ५ बजेसम्मका लागि ल्हेन्देखोलाको मितेरी पुल बन्द गरिएको सहायक प्रजिअ एवं सूचना अधिकारी द्रुवप्रसाद अधिकारीले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *