कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

डिसी नेपाल
१९ फागुन २०८२ १९:५०
116
Shares

काठमाडौं। संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार संयुक्त राष्ट्रसंघीय मिसन प्रजातान्त्रिक गणतन्त्र कंगोमा संयुक्त राष्ट्र संघको स्थिरीकरण मिसन (MONUSCO) अन्तर्गत कार्यरत श्री चण्डीदल गण (शान्ति सेना) ३१औं डफ्फा र श्री भीमकाली गुल्म क्युआरएफ (शा.से.) चौथो डफ्फालाई बदली गर्न श्री रुद्रध्वज गण (शान्ति सेना) ३२औं डफ्फा तथा श्री रणशुर गुल्म क्युआरएफ (शा.से.) पाँचौं डफ्फाका २३८ जना नेपाली शान्ति सैनिकहरूको अन्तिम टोली २०८२ फागुन १८ गते मिसन क्षेत्रमा प्रस्थान गरेको हो।

सोही दिन आफ्नो कार्यकाल सम्पन्न गरेका २३८ जना नेपाली शान्ति सैनिक स्वदेश फर्किएका छन्।

हाल उक्त मिसनमा नेपाली सेनाका कुल ९६९ जना शान्ति सैनिकहरू कार्यरत रहेको निर्देशनालयले जनाएको छ।

नेपाली सेना विगतदेखि नै संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा सक्रिय सहभागिता जनाउँदै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *