मौन अवधिमा पार्टीका उम्मेदवारविरुद्ध भ्रम फैलाको प्रति सभापति गगन थापाको आपत्ति
फाइल तस्बिर
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको मौन अवधिमा आफूसहित पार्टीका उम्मेदवारहरूविरुद्ध भ्रामक, असत्य कथा र हेरफेर गरिएका भिडियो सामाजिक सञ्जालमार्फत फैलाएकाे भन्दै आपत्ति जनाएका छन्।
उनले आचार संहिताको उल्लंघन मात्र नभई लोकतान्त्रिक संस्कारमाथिको आक्रमण भएकाे टिप्पणी गरेका छन्। यसबाट बच्नका लागि विभिन्न प्लेटफर्ममा उम्मेदवार वा पार्टीबारे गलत सामग्री देखे रिपोर्ट गर्न आग्रह गरेका छन्।
‘निर्वाचन नजिकिँदै जाँदा, मौन अवधिमा समेत मलगायत नेपाली कांग्रेसका उम्मेदवारविरुद्ध भ्रामक सूचना, असत्य कथा र हेरफेर गरिएका भिडियो सामाजिक सञ्जालमा सुनियोजित रुपमा फैलाइँदै छन्,’ उनले भने, ‘यो केवल आचार संहिताको उल्लङ्घन मात्र होइन। लोकतान्त्रिक संस्कारमाथिको आक्रमण हो। यस्ता गलत र भ्रामक सूचनाविरुद्ध तपाईंहरूको सचेत सहभागिता अत्यन्त आवश्यक छ।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment