तालमा डुबेर एक जनाको मृत्यु
घोराही (दाङ)। जिल्लाको घोराही उपमहानगरपालिका–१६ स्थित गगटैया तालमा डुबेर आज एक जनाको मृत्यु भएको छ।
पौडी खेल्ने क्रममा डुबेर अन्दाजी १५ वर्षीय दिवस बुढा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) रेशम बोहोराले जानकारी दिए।
घोराही–१६ ठोक्रिया बस्ने मगर आज दिउँसो होली खेलेर पौडी खेल्ने क्रममा तालमा बेपत्ता भएका थिए। खोजतलास गर्दा बेलुका मृत अवस्थामा फेला परेको जिल्ला प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment