दुर्घटना हुनबाट जोगियो श्री एयरलाइन्सको विमान
सुर्खेत । सुर्खेतमा श्री एयरलाइन्सको विमानको टायर पड्किएको छ।
श्रीएयरलाइन्सको ९एन-एओएल कलसाइन भएको जहाज सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा टायर पड्किएको हो।
सुर्खेत विमानस्थलका प्रमुख हिराजन काफ्लेका अनुसार अवतरणकै क्रममा विमानको बायाँ पछाडिको टायर पड्किएको थियो।
विमानमा रहेका सबै यात्रुहरू सकुशल बाहिरिएका छन्। हाल विमान पार्किङमा राखेर मर्मतका लागि काठमाडौंको टोली सुर्खेत प्रस्थान गरेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment