लागुऔषधसहित चार जना पक्राउ

डिसी नेपाल
२० फागुन २०८२ २१:४८
52
Shares

काठमाडौं। मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली पार्कबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद रु २० हजार ४९५ सहित चार जना पक्राउ परेका छन्।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सुनसरीका ३३ वर्षीय सुनिल थापा र आशिष पाण्डे, ललितपुर इमाडोलका २१ वर्षीय राशि गौतम र काठमाडौँको नक्साल निवासी २१ वर्षीय युनिक पोखरेललाई पक्राउ गरिएको हो। प्रहरीवृत्त थिमिबाट परिचालन भएको प्रहरी टोलीले उनीहरूलाई मङ्गलबार पक्राउ गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.