एक सय पाँच वर्षीय खड्काले गरे पहिलो मतदान
मतदान गरेर फर्किदै १०५ वर्षीय खड्का
काठमाडौँ, २१ फागुनः
काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-२ चपली मतदान केन्द्रमा बिहान मतदान गरेर फर्किनु हुँदै बुढानीलकण्ठ-२ का १०५ वर्षीय चन्द्रबहादुर खड्का । तस्बिरः विमलबहादुर विष्ट/रासस
काठमाडौं। बूढानीलकण्ठ नगरपालिका-२ चपली मतदान केन्द्रमा पहिलो मतदाताका रुपमा १०५ वर्षीय ज्येष्ठ नागरिक चन्द्रबहादुर खड्काले मतदान गरेका छन्।
मतदानपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै ज्येष्ठ नागरिक खड्काले आफूलाई खुशी लागेको बताए। उनले भने, “यो उमेरमा पनि मतदान गर्न पाउँदा खुसी लागेको छ, देशले योग्य, इमानदार र जनताका पक्षमा काम गर्ने जनप्रतिनिधि पाओस् भन्ने मेरो कामना छ।”
खड्काको यो सहभागिताले लोकतन्त्रप्रति नागरिकको जिम्मेवारी र कर्तब्यबोध गराएको स्थानीय सञ्चारकर्मी अनिता श्रेष्ठले बताइन्।
मतदान केन्द्रमा लामबद्ध मतदाताहरूले उनीप्रति सम्मान प्रकट गर्दै धेरैले उनीसँग फोटो खिचेर मतदानको क्षणलाई स्मरणीय बनाएका थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment