मतदानपछि महेश बस्नेतले भने : बालेनलाई झापालीले स्वीकार गर्दैनन्

डिसी नेपाल
२१ फागुन २०८२ १०:४६
496
Shares

काठमाडौं। नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले मतदान गरेका छन्। भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका बस्नेतले आज(विहीबार) बिहान सूर्यविनायक नगरपालिका ७ नम्बर वडा कार्यालयको गुण्डु मतदान केन्द्र पुगेर मत हालेका हुन्।

मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले बालेन शाह र रवि लामिछानेप्रति आरोप लगाएका छन्। उनले १४ हजार कैदी भगाउने विषयमा बालेन शाह र रवि लामिछानेको मुख्य हात रहेको दाबी गरे।

बस्नेतले भदौ २३ र २४ गते देशमाथि आक्रमण भएको जिकिर गर्दै लोकप्रिय नेताहरूलाई हराउनका लागि बालेन शाह झापा गएको आरोप लगाए। उनले बालेन शाह आफ्नो जन्मस्थान वा हुर्केको स्थानबाट उम्मेदवार हुनु स्वाभाविक भए पनि गलत ढंगले झापा पुगेको टिप्पणी गरे।

उनले भने, ‘१४ हजार कैदीहरु भगाउने कुरामा बालेन शाह र रवि लामिछानेको मुख्य हात छ। भदौ २३ र २४ गते देशमाथि आक्रमण भएको छ। पपुलर नेतालाई हराउन बालेन झापा गएका छन् यो जनताले रुचाएका छैनन्। उनी जन्मेको वा हुर्केको ठाउँमा उम्मेदवार हुने कुरा स्वभाविक थियो तर गलत ढंगले झापा पुगे । त्यो कुरा झापाली जनताले स्वीकार गर्दैनन् ’

उनले झापाली जनताले उक्त कदम स्वीकार नगर्ने दाबीसमेत गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.