मतपेटिकामा गोली लाग्यो

डिसी नेपाल
२१ फागुन २०८२ १०:५५
1.7k
Shares

काठमाडौं । उदयपुरमा मतदान चलिरहँदा मतपेटिकामा गोली लागेको छ । मतदान स्थलको सुरक्षामा खटिएका प्रहरी जवानले बोकेको हतियार झुक्किएर अकस्मात पड्किएर मतपेटिकामा गोली लागेको हो ।

गोलीले मतपेटिकामा क्षति भएको छ । यद्यपि पेटिकामा खसेका मतपत्रहरू भने सुरक्षित छन् । बिहान ७:१३ बजे कटारी नगरपालिका-३ तरकारी तथा फलफूल बिक्री केन्द्र तावाखोलाको ‘ख’ मतदान केन्द्रमा घटना भएको हो ।

गोली चल्दा मतपेटिकामा ४ वटा मत खसिसकेको थियो। मतपेटिकामा क्षति भए पनि भोट हालिसकेको मतपत्र सुरक्षित रहेकोले मतपत्र अर्को मतपेटिकामा राखेर मतदान सुरू गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.