आउने परिणाम सहर्ष स्वीकार गर्छु, योग्य प्रतिनिधि छान्नुहोस् : रेनु दाहाल

डिसी नेपाल
२१ फागुन २०८२ ११:२०
16
Shares

चितवन। चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि बिहीबार जारी मतदान प्रक्रियामा सहभागी भएपछि रेनु दाहालले निर्वाचनको परिणामलाई सहर्ष स्वीकार गर्ने बताएकी छन्।

दाहालले मतदाताहरूलाई विवेक प्रयोग गरेर योग्य, इमानदार र कामबाट प्रमाणित भइसकेका प्रतिनिधिलाई छान्न आग्रह गरिन्।

‘आफ्नो भाग्य र भविष्यको फैसला गर्ने अधिकार तपाईंहरूको हातमा छ,’ उनले भनिन्, ‘आवेगमा आएर वा हतारमा निर्णय गरेर पछि पछुताउने अवस्था नआओस्। विवेक पु¥याएर मतदान गर्नुहोस्।’

चितवनमा भयरहित र निष्पक्ष वातावरणमा मतदान भइरहेको उल्लेख गर्दै दाहालले आफू निकै उत्साहित र खुसी रहेको बताइन्। आफ्नो जितको सम्भावनाबारे चर्चा गर्दै उनले थपिन्, ‘मेरो जित्ने सम्भावना पूर्ण छ, रेनु दाहालले हार्नुपर्ने कुनै कारण छैन् । यद्यपि, जनताले दिने परिणामलाई म सहर्ष स्वीकार गर्छु।’

यो दिनलाई जनताले आफ्नो अमूल्य मत प्रयोग गर्ने महत्त्वपूर्ण अवसरका रूपमा चित्रण गरिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.