धनुषामा ७० प्रतिशत मत खस्ने अनुमान
जनकपुर। बिहीबार प्रतिनिधिसभा सदस्य निर्वाचन विहानदेखि उत्साहपूर्वक देशभर भइरहेको छ।
यसै क्रममा धनुषामा पनि विहान ७ बजेदेखि नै मतदान सुरु भएको छ। धनुषाका सहायक जिल्ला अधिकारी एवम निर्वाचन आचारसंहिता अनुगमन अधिकृत कृष्ण गैरेका अनुसार विहान ११ः३० बजेसम्म धनुषा जिल्लाभरि ३० प्रतिशत मतदान सम्पन्न भएको छ।
उनका अनुसार यहि क्रम जारी रहेमा बेलुकी ५ बजेसम्म ७० प्रतिशत मत खस्ने अनुमान रहेको छ। उनले धनुषाको सम्पूर्ण क्षेत्रहरुमा शान्तिपूर्वक मतदान जारी रहेको छ। तीनवटै तहका सुरक्षा निकायहरु चुस्तदुरुस्त रुपमा खटिएकाले कुनै किसिमको होहल्ला र विवाद नहुनेमा ढुक्क हुन उनले आग्रह गरे।
सहायक जिल्ला अधिकारी गैरेका अनुसार आज ५ बजेसम्म मतदान सम्पन्न भएपछि सम्पूर्ण क्षेत्रबाट मतपेटिका संकलन गरी जनकपुरधामस्थित निर्वाचन अधिकृतको कार्यालय महेन्द्र नारायण निधि संस्कृतिक सभाहलमा ल्याइनेछ। त्यसपछि सर्वदलीय बैठक बसेर मतगणनाको बारेमा निष्कर्स निकालिने छ।







डिसी नेपाल







Facebook Comment