वायुसेवा निगमका दुई अन्तर्राष्ट्रिय उडान रद्द
काठमाडौं । मध्यपूर्व क्षेत्रमा उत्पन्न असहज परिस्थितिका कारण हवाई क्षेत्र बन्द हुँदा नेपाल वायुसेवा निगमका दुई अन्तर्राष्ट्रिय उडान रद्द गरिएको छ।
निगमले बिहीबार सूचना जारी गर्दै २०८२ फागुन २१ गतेका लागि तय गरिएको काठमाडौं–दोहा उडान र २०८२ फागुन २२ गतेका लागि तय गरिएको दोहा–काठमाडौं उडान रद्द गरिएको जानकारी दिएको हो।
मध्यपूर्व क्षेत्रमा देखिएको सुरक्षा अवस्थाका कारण केही हवाई मार्ग बन्द भएकाले उडान सञ्चालन गर्न नसकिएको निगमले जनाएको छ। यसबाट यात्रुहरूलाई पर्न गएको असुविधाप्रति निगमले क्षमायाचना समेत व्यक्त गरेको छ।
निगमका अनुसार मध्यपूर्वका दुबई, दोहा र दमाम गन्तव्यका आगामी उडानबारे जानकारी लिन यात्रुहरूले निगमको आधिकारिक सूचना तथा तोकिएका सम्पर्क नम्बरमा सम्पर्क गरेर मात्र विमानस्थल जान आग्रह गरिएको छ। थप जानकारीका लागि यात्रुहरूले नेपाल वायुसेवा निगमको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जाल नियमित रूपमा हेर्न पनि अनुरोध गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment