दोलखामा हराएका मतपत्र भेटिएनन्, विवाद कायमै
काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका-४ मा हराएका मतपत्र अझै फेला परेका छैनन्।
मतदानको क्रममा राजनीतिक दलका कार्यकर्ताबीच विवाद हुँदा मतपत्र हराएकोमा सबै मतपत्र फेला पर्न सकेको छैन। विवादका कारण रोकिएको मतदान अझै सुरु हुन सकेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ।
विवादका क्रममा राजनीतिक दलका कार्यकर्ताले कर्मचारीमाथि हातपात प्रयास गरेपछि प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको थियो। हराएका मतपत्रहरूको खोजी जारी रहेको स्थानीय प्रशासनले जनाएको छ।
५४/५५ वटा मतपत्र हराएकोमा ४४ वटा मात्रै फेला परेको दोलखा प्रशासनले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment