उदयपुरमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई गम्भीर घाइते

डिसी नेपाल
२१ फागुन २०८२ १४:०६
916
Shares

उदयपुर । उदयपुरको चौदण्डिगढी नगरपालिका-१० भिमामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मदन भण्डारी लोकमार्गहुँदै गाईघाटबाट बेल्टारतर्फ जाँदै प्र.०१-०५-००२ प १८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको ज्यान जानुका साथै दुई जना घाइते भएका छन्।

दुर्घटनामा चौदण्डिगढी-५ सिवाईका १८ वर्षीय समिर चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुले जनाएको छ। प्रहरीका अनुसार अनियन्त्रित भएर मोटरसाइकल सडक किनारको रुखमा ठोक्किएको थियो।

दुर्घटनामा सोही ठाउँका १८ वर्षीय मौसम चौधरी र २३ वर्षीय अशोक चौधरी गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारको लागि विराटनगर रेफर गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.