हरेक दिन प्रदर्शनले अस्तव्यस्त रहने माइतीघर निर्वाचनका दिन सुनसान (तस्बिरहरू)
काठमाडौं। सधैँ भीडभाड र चहलपहल भइरहने काठमाडौंको माइतीघर मण्डला प्रतिनिधि सभा सदस्य निर्वाचनका दिन विहीबार सुनसान छ।
हरेक दिन विभिन्न मागहरु राखेर धर्ना, प्रदर्शन र अनशन भइरहने यो स्थान चाडपर्वमा पनि भरिभराउ हुने गर्दथ्यो। तर, जेनजी आन्दोलनपछि विशेष परिस्थितिमा भइरहेको निर्वाचनमा प्रदर्शनकारीहरू समेत मतदानमा सहभागी हुन गएको अनुमान लगाउन सकिन्छ।
यो निर्वाचनले धेरैलाई आशा र अपेक्षामा जगाएको माइतीघरमा भएको सुनसानले पुष्टि गर्न सक्छ।








प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment