जनताले परिवर्तन र विकासका पक्षमा मतदान गरिरहेका छन् : दीपक बहादुर सिंह

डिसी नेपाल
२१ फागुन २०८२ १६:००
32
Shares

होटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य तथा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार दीपक बहादुर सिंहले मतदान गरेका छन्।

सिंहले आज बिहान हेटौँडास्थित सिद्धार्थ माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्।

मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रलाई सुदृढ बनाउन सबै मतदाताले अनिवार्य रूपमा मतदान गर्नुपर्ने बताए।

उनले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै मतदातालाई निर्धक्क भएर मतदान केन्द्रमा पुग्न आग्रह समेत गरे। साथै उनले जनताले परिवर्तन र विकासको पक्षमा मतदान गर्ने विश्वास आफूलाई रहेको पनि बताए।

विहीबार बिहानदेखि मकवानपुरका विभिन्न मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ। सुरक्षा व्यवस्थालाई कडा बनाउँदै मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *