कर्णालीमा ४५ प्रतिशत मतदान
सुर्खेत। कर्णाली प्रदेशमा तीन बजेसम्म ४५ प्रतिशत मतदान भएको छ १ बजेसम्म ३० दशमलव सात प्रतिशत मत खसेकोमा पछिल्लो दुई घण्टामा थप १५ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
कर्णालीको १२ निर्वाचन क्षेत्रमा १० लाख ३७ हजार दुई सय ५० मतदाता रहेकोमा तीन बजेसम्म चार लाख ६८ हजार चार सय २५ मत खसेको छ। यो कुल मतदाताको ४५ दशमलब दुई प्रतिशत हो।
तीन बजेसम्म सबै भन्दा बढी डोल्पामा ५९ दशमलव ४६ प्रतिशत र सबैभन्दा कम ३५ दशमलब २७ दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा खसेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment