दोलखाको मालु मतदान केन्द्रमा अर्को मितिमा मतदान हुने

डिसी नेपाल
२१ फागुन २०८२ १६:३३
8.8k
Shares

रामेछाप। दोलखाको तामाकोशी गाउँपालिका–४ को मालु मतदान केन्द्रमा स्थगित भएको मतदान अर्को मितिमा हुने भएको छ।

बुथ कब्जाको प्रयास भएपछि रोकिएको मतदान अब अर्को मितिमा हुने भएको हो। स्थगित मतदानका लागि अर्को मिति तोक्नको लागि जिल्ला निर्वाचन कार्यालयमा सिफारिस गर्ने निर्णय मतदान अधिकृतले गरेका छन्।

कांग्रेस र नेकपाले बुथ कब्जा गर्न खोजेपछि एमाले र रास्वपाले विरोध जनाउँदा सो मतदान केन्द्रमा स्थित असामान्य बनेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो।

बुथ कब्जा गर्नको लागि कांग्रेस र नेकपाका कार्यकर्ताले मतपत्रको ठेली बोकेर हिँडेका थिए। नेपाली कांग्रेसका वडा सदस्य यज्ञबहादुर श्रेष्ठ, तामाकोशी गाउँपालिकाका तरुण दल अध्यक्ष अनिल श्रेष्ठ, नेकपाका नेता अर्जुन योगी लगायतले मतपत्रको ठेली बोकेर हिँडेका थिए।

उनीहरू माथि मुद्दा चलाउने तयारी भएको छ। नियन्त्रणमा रहेका अन्य चार जनालाई सोधपुछपछि छाड्ने तयारी भएको बुझिएको छ। यद्यपि, कांग्रेस र नेकपाले भने सबैलाई बिना सर्त छाड्न माग गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.