कर्णालीमा ५२ प्रतिशत मत खस्यो, मत पेटिका सदरमुकाम ल्याँइदै
सुर्खेत। बिहीबार भएको प्रतिनिधिसभा निर्वाचन कर्णालीमा शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ। बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा निर्वाचन–२०८२ को मतदान अपराह्न ५ बजे सम्पन्न भएको हो। कर्णालीका १२ निर्वाचन क्षेत्रमा एक सय ३८ जना उम्मेदवार मैदानमा छन्।
प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका १२ निर्वाचन क्षेत्रमा ५२ प्रतिशत मतदाताले मतदान गरेका छन्। कर्णाली प्रदेश निर्वाचन कार्यालयका अनुसार साँझ ५ बजेसम्म पाँच लाख ४५ हजार ५७६ मत खसेरको छ। कर्णालीमा जम्मा १० लाख ३७ हजार २५० मतदाता रहेका छन्।
यहाँको हिमाली जिल्ला डोल्पामा ६६.१६ प्रतिशत मत खसेको छ। डोल्पामा ११ हजार ९२८ पुरुष र १२ हजार १८७ महिला गरी कुल २४ हजार ११५ मतदाता रहेका छन्। १५ हजार ९ सय ५६ मत खसेको जनाइएको छ।
सबै निर्वाचन क्षेत्रका मतदान केन्द्रबाट मत पेटिका सदरमुकाम ल्याइृने छ। हिमाली जिल्ला डोल्पा र हुम्लामा मतपेटिका ल्याउन हेलिकोप्टर प्रयोग गरिने र मतपेटिका संकलन भएपश्चात आजै मतगणना सुरु गरिने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment