काठमाडौं । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको अग्रता कायमै रहेको छ ।

लामिछानले ३ हजार २६५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका अस्मिन घिमिरे १५१९ मतका साथ दोस्रो स्थानमा छन् ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रताप गुरुङ १२६० मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसकी मीना खरेल १०९४ को मतसहित चौथो स्थानमा छिन् ।